हावाहुरी घर भत्काएपछि सदाको दैनिकी कष्टकर बन्दै

चैत ११, भरौल सुनसरी । सुनसरी मा बसोबास गर्दै आइरहेकी ६५ वषिर्य वृद्धा सुन्धी सदाको दैनिकि अहिले निकै कष्टकर बन्दै गएको छ । गएको फागुन २७ गतेको हावाहुरीले भएको घर भत्काईदिएपछि उनको दैनिकी थप कष्टकर बन्दै गएको स्थानीय रोहिता भट्टर्राईले बताईन् ।


एकल रुपमा बस्दै आएकी वृद्धा सदाको अवस्थाका बारेमा उनको निवासमा पुगेको क्विक भोलेण्टीयरस्को टोलीलाई जानकारी दिदैं भट्टर्राईले भन्नुभयो “हावाहुरीले घर भत्काएपनि वृद्धा सदा अहिले त्यही भत्कीएकै घरमा बसिरहेकी छन् ।”

आफन्त कोही नभएकी सदाको अन्य कुनै विकल्प नभएपछि अन्तिम स्वास रहेसम्म घरमै बस्ने बताउदै आएकी छन् । आप\mना श्रीमानको मृत्यु भएको वर्षदिनमै तीनजना छोराहरुले समेत आफूलाई घरमै छोडेर गएपछि एक्लै बस्दै आएको बताउने सदाले छिमेकीसँग मागेर हातमुख जोर्ने गरेको बताईन् । अन्य काम गरेर खान नसकिने बताएकी सदाले आप\mनो भत्किएको घर पर्ुननिर्माण गरि दिन सबैसँग हारगुहार गरिरहेकी छन् । उनि भन्छिन्, “छोराहरु मरेको वाँचेको थाहा छैन्” ।


उनको वास्तविक अवस्थाको स्थलगत अनुगमन गरेपछि सदाको घर पर्ुननिर्माण गर्न, दैनिकी गुजारा चलाउन र आवश्यक लत्ता, कपडा तथा खानेकुरा सहयोग गर्ने क्विक भोलेण्टियरले प्रतिवद्धता व्यक्त गरेको छ । यसका लागि सहयोग गर्न चाहनेले क्विक भोलेण्टियरका सुनसरी संयोजक सञ्जय चौधरीलाई ९८४२०६६१०७ सर्म्पर्क गर्न पनि आहृवन गरेको छ ।
समाचारः दिपेन लामिछाने