सुक्खा बगरक्षेत्र हरियालीमा बदलियो- रुकुमको सानोभेरी नदी किनार

मेनका परियार, रुकुम
रुकुमको गरायला गा.वि.स. वडा नं. ३ मा पर्ने सानोभेरी नदी किनाराको सुक्खा बगर क्षेत्र हरियाली बन्दै गएको छ । बाँझै रहेको बन्जड उपयोगहिन बगर क्षेत्रमा बगरखेती कार्यक्रम अर्न्तगत केराखेती गरेपछि सुक्खा मरुभूमीय बगरको स्वरुप बदलिएको हो । बगर क्षेत्रमा फलफुल खेती र तरकारी खेती पनि गरिएको छ । गत बर्षदेखि दलित सेवा संघ जिल्ला शाखा रुकुमको आयोजना र यू.एम.एन.रुकुम क्लष्टरको सहयोमा बगर खेती कार्यक्रम संचालन भएपछि बगरक्षेत्र परिवर्तन भई हराभरा भएको हो ।

Bagar Kheti-Rukum
दलित तथा सिमान्तकृत समुदायको जीवनस्तर उकास्नको लागि संचालन गरिएको कार्यक्रममा फलफुल तथा तरकारी खेतीका साथै बंगुर पालन र माछा पालन पनि गएकिो छ । संस्थाको करिब १२ लाख र समुदायको लगानीमा शुरु गरिएको कार्यक्रम अहिले फस्टाउँदै गएको छ । बगरखेती संचालन भएपछि अझैं कार्यक्रमलाई व्यवस्थित गर्न समूह गठन गरि समूहले नै काम गरिरहेको छ । समूहले नै सामूहिक रुपमा काम गर्ने गरेको र यसरी समूहमा काम गर्दा सामूहिक भावनाको पनि विकास हुने गरेको स्थानियहरुले बताएका छन् । बगरक्षेत्रको विकासका लागि समूहलाई सहकारीमा बदल्ने एकिकृत बैरेणीतरा सामुदायिक नमुना उत्पादन केन्द्र प्रस्तावित सहकारी समूहका अध्यक्ष मोतीराम खड्काले बताउनुभयो ।
बगरक्षेत्रबाट उत्पादन भएका वस्तुहरु बिक्री गरी समुहमा नै बचत गर्ने र बचत गरेको पैसा समूहमानै लगानी गर्ने समूहको उद्देश्य रहेको अध्यक्ष खड्काले बताउनुभएको छ । खेर गएको करिब ५ बिगाह जति जमिनमा बगरखेती कार्यक्रम संचालन भईरहेको छ । कार्यक्रम राम्रो भएपछि स्थानियहरु खुशी भएका छन् । साथै समूहले संस्थाको सहयोगमा बगरक्षेत्रलाई नमुना क्षेत्र बनाउने लक्ष्य राखेको बताईको छ ।