सडकमा महिला तथा किशोरी माथि हुने दुर्व्यवहार


 म जन्मिदा मेरो दमौलमा छोरा म मात्र थिए । म भन्दा मेरो दाई २२ महिना जेठो भएको कारण  म भन्दा ठूला सवै उसका साथि बनि सकेका थिए । त्यसैले मेरो साथिको रुपमा पोङखिला, निलु दिदीहरु नै थिए । बालमन्दिर पुग्न माझगाँउबाट करिव चालिस पैतलिस मिनेट लाग्ने भएकोले दिदिहरु र उनिहरुका साथिहरु नै मेरो घर आवत जावत गर्ने साथिहरु थिए । उनिहरुले खेल्ने भाडाकुटिमा समाजमा चल्ने चलन जस्तै पुरुषले बाहिरको काम गर्नु पर्ने र महिलाले घर भित्रको कार्य गर्नु पर्ने खेलिन्थ्यो, सायद रोल प्लेमा केटाको कमि मैले पुरा गरेको थिए होला । एक दिन अलि ढिला पुगेको दिन राष्ट्रिय गान गाउन बसेको लाईनमा संगै गएका साथिहरु संग हतारमा बसियो । लाईन कक्षा कोठा तिर जान लाग्दा साथिहरुले जिस्काउदा पो बल्ल थाहा पाए कि म त केटिको लाईनमा पो बसेछु । सम्भवत मेरो दिमागमा बसेको यो नै पहिलो घटना हुनु पर्छ कि केटा र केटि छुट्टै हुन, केटाले केटिको लाईनमा बसे लााज हुने । त्यस पछि मैले सानु र तारिमा साथि रोजे, जो संग पाकेको बर खाना होस या कचिलो÷चिचिला आप वा छेपारोलाई लामो लठ्ठिको पासो पारेर मार्न वा कसैको फलफुल चोर्न विन्दास तरिकाले हिड्न थालियो । जव अध्यारो हुन्छ तव मात्र घर फर्कने बानी नै बसी सकेको थियो । जेठि दिदिको विहे पश्चात दिदी त भेनाको घरमा बस्नु थाल्नु भयो । पहिला सोचे किन दिदी नै भेना किन हाम्रो घर आउन नसक्ने ? आखिर घरमा काम धेरै, भेना काम गर्न सक्ने मानिस अझ काम गर्न सक्ने दिदी लगेर उल्टो घाटा ! सवैबाट जवाफ चलन नै यस्तो बहुला कुरा नगर भने पश्चात मनलाई बुझाए ।
जब किशोर अवस्था टेक्दै जान थालियो त्यस पछि त झनै केटा र केटि बोल्न सम्म नहुने तेरो सिजन भनि हाल्नु पर्ने, सानोमा संगै पढेको केटि साथी संग बोल्न नि अफ्ठयारो त्यस माथि तिनीहरुको लजाउने बानीको विकास हुदै गएको, झन सिनियर केटाहरुले उस्तै जिस्काउने । त्यसै ताका मैले सिकेको केटिहरुको लजाउने बानी र केटाहरु लजाउने केटिसंग बोल्न सक्ने क्षमता सर्वश्रेष्ठ गुण । यहि सर्वश्रेष्ठ गुण प्राप्त गर्न नजानी नजानी आँखा झिम्काईयो, जिव्रो पड्काउन सिकियो, सुशिला हाल्न सिकियो, बाटोमा बसेर कता हो भनियो । खाजाको लागि दिएको पैसाले हिन्दी फिल्मका नायक नायिकाको फोटोमा सायरी लेखेर जवर जस्ती कितावमा राखेर दिईयो । केटिहरु नवोल्ने अझ भाग्ने कारण हामी आफुमा साहस बढेर आउने । सायद कसैले प्रतिकार गर्दो हो त यो प्रकृया रोकिन्थ्यो ।
हो अवश्य रोकिन्थ्यो । मेरो चावहिल वसाई, साईनोले भतिज भए नि म भन्दा ३÷४ बर्ष मात्र कान्छो, दुई जना भएर खुव एउटी गुरुङ्ग केटिलाई जिस्काउथ्यौ । एक दिन म एक्लै भाको मौकामा साथी संग बसेर, हिरो कता, म यता छु मात्र भनेन कि मेरो पाईला संगै जिव्रो पड्काउन भ्यायो । त्यत्ति बेला बल्ल थाहा पाए कि कसैले जिस्काउदा आफुलाई कति अफ्ठयारो महसुस हुने रहेछ । त्यस्तै विश्व विद्यालय किर्तिपुर पढ्दा हामी साथीहरु पुरानो बसपार्कमा भेला भई निलो ठुलो गाडिमा जाने गर्दथ्यो । हरियो ड्रेस सम्भवत डिल्ली बजार कन्या कलेजका छात्राहरु पनि कलेजबाट हामी संगै फर्किन्थे । हाम्रो एउटा ग्रुप र उनिहरुको एक वार पर्ने, तर हाम्रो समाजमा हुर्केका ति छात्राहरु हाम्रो अगाडि के टिक्न सक्नु । हामीले मन परि जिस्काउथ्यौं । एक दिन मेरो पुस्तकालयमा काम परेकोले एक बजे पछि कक्षा चल्ने भए नि अगाडि नै गए । त्यो दिन म एक्लै तर उनिहरुको साविक समुह । म जति भागे नि तिनीहरु म बसेको सिट र अगाडि पछाडि वसी हाले । बस गुड्दै जादा जेको पसल त्यो समान म संगै बसेकी मेरो बेहुलीले दाईजो पाउने भई । त्यो दिन यति सम्म तय भयो कि म र मेरी बेहुलीको टाउको सम्म जुदाई दिए । अनि बेहुला लजाएको भने, म मात्र विचारा बनेर झ्याल बाहिर हेरेर बस्नु प¥यो । त्यो दिन देखी मैले कान समातेर जिस्काउन छाड्ने बाचा गरे । लागेको बानी छाड्न निक्कै कठिन । अझै पनि अल्लारे ठिटाहरुले उक्साए भने मन आफै तम्सिन्छ ।
मेरो जस्तो बानी आम नेपाली पुरुषको हुने गर्दछ । म बालक हुदा केटा र केटीमा फरक नदेख्नेलाई हुर्कदै गर्दा केटा र केटि फरक हुन, केटिहरुलाई घरमा सिमित गर्दै राख्छ भने केटाहरुको गतिशिलताको सिमा बेलुका घर पुग्नु सम्म हुन्छ । समाजको संरचनाले यस्तो बनाई दिन्छ कि पुरुष बलवान, मर्द हो भने महिला कोमल अनि लजालु नारी । त्यहि कोमल अनि भनिएको कमजोर नारीको लजालु भावको जाँच गर्न म जस्ता पुरुषले सडकमा गल्लिमा बसेर जिस्काउने, जिव्रो पड्काउने, सुसेल्ने गर्दछ ।
आफुलाई मन नपर्ने कुरा कसैले गरिदिएमा स्वभाविक रुपमा मानसिक पिडा पुग्दछ । त्यस माथि ति महिलाहरु जस्को दुख पोखाउने निर्जिव वस्तु बाहेक हुन्न । मनमा लागेको कुरा पोखाउन पाएन भने कसैलाई पनि त्यो पिडाले सताउछ र मनोबैज्ञानिक असर पु¥याउदछ । अनि कम बोल्ने, विभिन्न कुराहरु मा प्रतिक्रिया नजनाउने, पिडा सहेर बस्ने बानी पर्न थाल्दछ । त्यस्तै पुरुषहरुलाई आफुले गरेको कुरा सहि हो भन्ने लाग्न थाल्दछ । झन झन आत्मबल बढ्न थाल्दछ र जिस्काउने कार्यलाई बढाएर हात पात गर्ने सम्म पुग्दछन् । त्यसको प्रतिकार पनि नगरे पुरुषहरुमा हिम्मत बढेर बलत्कार जस्तो अपराध सम्म पुग्ने गरेको छ ।
सडकमा महिला तथा किशोरी माथी हुने दुर्व्यवहार सामान्य हो जस्तो लाग्दछ । हो हाम्रो समान्य सोच पुरुष हो जिस्काई हाल्छ । अनि महिला तथा किशोरी एक्लै कस्ले हिड्नु भनेको थियो वा छोरी मान्छे भएर गल्लिको बाटो कस्ले हिड्नु भनेको थियो वा अझ घर बाहिर कस्ले हिड्नु भनेको थियो भन्ने सोच आउने गर्दछ । तर हामी महिला र पुरुष समान हौ मान्छौ भने पुरुषले स्वतन्त्र रुपमा हिडेको गल्लिमा महिला र किशोरी त्यसरी नै किन हिड्न नपाउने ? सार्वजनिक स्थानमा त स्वतन्त्र रुपमा हिड्न सक्दैनन भने के महिला र पुरुष समान छन् भन्न सकिएला ? यौन जन्य हिंसा तथा बलत्कारको लागि के ति पिडक मात्र जिम्मेवारी छन् र, समाजको केहि भुमिका छैन र ? यि बारे मस्तिस्क मन्थन गर्नु पर्ने भएको छ ।
विश्व भर सडकमा महिला तथा किशोरीहरुलाई हुने दुर्व्यवहारको सप्ताह मनाई रहेको छ । नेपालमा पनि विभिन्न महिला तथा युवा संग सम्वन्धित संघ संस्थाहरुले विभिन्न कार्यक्रमका साथ मनाई रहेको छन् । हुन त धेरै राम्रा कार्यहरु दिवसमा मात्र सिमित हुने गर्दछन् । सुरक्षित शहर अभियान संगै शुरु भएको सार्वजनिक यातायातको आरक्षण सिट नितीगत रुपमा नै आएको देख्न सकिन्छ । यो पनि यसै अभियानको अर्को पाटोको रुपमा रहेकोले सडकमा महिला तथा किशोरी माथि हुने दुर्व्यवहार विरुद्घको आन्दोलनले पनि सार्थकता पाउने अभियान कर्मिहरु बताउदछन् । उनिहरुको अभियानलाई साथ दिदै केहि रचनात्मक परिर्वतनको संवाहक बन्न सकुन भन्ने शुभकामना ।
महिला तथा किशोरी मनोरन्जनका साधन होईन । उनिहरुलाई सडकमा स्वतन्त्र रुपले हिडडुल गर्न दिनु पर्छ । यसका लागि सवै भन्दा पहिले हाम्रो सोच बदल्नु जरुरी छ । हामीले किशोरीले एक्लै हिड्न नहुने, छोटो कपडा लगाउन नहुने भनेर सिकाउनुको सट्टा छोरालाई महिला तथा किशोरीलाई सम्मन गर्न सिकाएउ भने आधा समस्या समाधान हुन्छ । त्यस पछि लैङ्गिक हिंसा सम्वन्धि ऐनको बारेमा प्रचार प्रसार तथा कडाईका साथ लागु गरेमा हामीले देखेको सुरक्षित शहर वा महिला तथा किशोरी माथि सडकमा हुने दुर्व्यवहार हटेर जान्छ ।
मनोज आठपहरिया

manojraidkt@gmail.com

manoj athpahariya