माझीगाँउमा रहेका समुदयमा सरसफाई तथा जीवन उत्प्रेरणा

नुवाकोटको साविकको खङ्गभञ्याङ गाविसको वडा नम्बर ९ मैदिटार माझीगाँउमा रहेका समुदयमा सरसफाई तथा जीवन उत्प्रेरणा सम्बन्धि जानकारी दिइएको छ । भक्तपुरमा रहेको खप्प ईन्जिनियर कलेजमा बाताबरणीय बिज्ञान विषयामा अध्ययनरत विद्यार्थीहरुको अगुवाईमा “क्विक भोलिन्टिरयर” र मैदिटार योङ्ग गल्सको समन्वयनमा स्थानीय क्षेत्रमा रहेका बालबालिकालाइ लक्षित गरी समुदायमा रहेका बान्दिाहरुलाई सरसफाई, स्वास्थ्य सुरक्षा तथा दैनिकी कार्यहरुलाई सहज रुपमा गर्नको लागी उत्पेरणा जगाएको मैदिटार योङ्ग गल्सको संयोजक सुप्रिया अधिकारीले जानकारी दिनुभएको छ ।
भूकम्प पछि खङ्गभञ्याङ्गको मैदिटार सहित आसपासको बस्तीमा विभिन्न सामजिक सस्थाको सहयोगमा दिटार योङ्ग गल्स, नागरिक सचेतना केन्द्र, आशा बाल क्लबले “समुदायमा शिक्षा” नामक कार्यक्रम मार्फत विभिन्न सचेतन कार्यक्रम सञ्चालन हुदै आएको क्विक भोलिन्टरका स्वंय सेवक दिपक ठकुरीले जानकारी दिनुभएको छ ।
“समुदायमा शिक्षा” नामक कार्यक्रम सञ्चालनको लागी स्वंय सेवकको रुपमा कार्यरत रहनुभएका प्रमिला खड्काले पु¥याउनुभएको योगदानको प्रंशसा गर्दै बिदाई समेत गरिएका मैदिटार योङ्ग गल्सको संयोजक सुप्रिया अधिकारीले जानकारी दिनुभएको छ । “समुदायमा शिक्षा” कार्यक्रम मार्फत स्वास्थ्य, शिक्षा, सरसफाई, खानेपानी लगायतका कार्यक्रमहरु सञ्चालन हुदै आएका छन् । स्थानीय क्षेत्रमा रहेका महिलाहरुले “हेल्प टू हेल्प” कार्यक्रम अन्तरगत भूकम्पले क्षति पु¥याएका आवासहरुको भग्नावशेष हटाउने कार्य जारी राख्दै आएका छन् ।