बषौँ देखि साङलोले बाँधेर राखिएका चम्लागाईले उपचार पाउने

झापा राजगढ—८का लिला प्रसाद चम्लगाईको हिजो उद्धार गरिएको छ । मानसीक स्वास्थ्यको समस्याका कारण सङ्लोले बाँधिराखिएका चम्लागाईलाई अधिकारकर्मी, सहायक प्रजिअ, प्रहरी बल, वि एण्ड सी हस्पिटलका डाक्टर, महिला विकास लागायतको टोलिले उद्धार गरिे हस्पिटल लगेको हो ।
जन्मे देखिनै बोल्न नसक्ने चम्लागाई १८ वर्षका छन् । उनी एकोहोरो हेरीरहने, फोहोर टिपेर खाने हिडे पछि फर्केर नआउने जस्ता व्यवहार गर्छन् । मेचि टाइम्सले सहयोगको आग्रह गर्दै समाचार छापिएको केही दिनमा नै उनको उद्धारको पहल भएको छ । उनको उपचार वि एण्ड सी हस्पिटलले गर्ने बताएको छ ।
उनलाई आमाले आफू घरमा नभएका बेला साँङ्लोले बाँधेर राख्ने गरेको भए पनि आफू घरमा नै भएको बेलामा साङ्लो खोलेर हिडडुल गराउने गर्थिन् ।