पाँचौ अन्तराष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव चैत्र ३ गते देखि

 

“मेरो पनि अधिकार छ” भन्ने मुल नाराका साथ पाँचौ अन्तराष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव २०१७ देवकी विष्टको फिल्म देवकीको प्रदर्शन गर्दै यही चैत्र ३ गते देखि नेपाल पर्यटन बोर्डमा सुरु हुने भएको छ । चैत्र १ गते अनामनगरको युनियन हाउसमा भएको पत्रकार सम्मेलनमा चलचित्र महोत्सवको ट्रेलर सार्वजनिक गर्दै आयोजकले कार्यक्रमको औपचारीक धोषण गरेको छ ।


उक्त अन्तराष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा ९९ वटा नेपाली तथा विदेशी मानव अधिकार सँग सम्बन्धित फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुने महोत्सवका निर्देशक पाण्डव खत्रीले बताउनुभयो । त्यस्तै चलचित्रकर्मीहरुको प्रोत्सहानका लागि महोत्सवको अन्त्यमा उत्कृष्ट फिक्सन फिल्म अन्तराष्ट्रिय र नेपाली तथा उत्कृष्ट डकुमेन्ट्री फिल्म अन्तराष्ट्रिय र नेपाली गरि चार वाटा फिल्म चयन गरि ४०/४० हजार नगदले सम्मान गरिने र जुरी अवार्डले एक फिल्मलाई सम्मान गर्ने योजना रहेको पनि निर्देशक खत्रीले बताउनुभयो ।
नेपाली सिनेकर्मी तुलसी धिमीरे, भारतका चर्चित निर्देशक गिरीष कस्रावल्ली, बंगलादेशका अमद मुजतवा जमल र नेदरल्यान्डका सीनेकर्मी क्लीन्टाइन इड्रीभेन यस महोत्सवका जुरी मेम्वर रहेको आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन मानव अधिकार आयोगका अध्यक्ष माननिय अनुप राज शर्माले गर्ने कार्यक्रम रहेको र विशेष अतिथिका रुपमा युएनडिपीका कन्ट्री डाइरेक्टर रिनयद मायर रहने महोत्सवका अध्यक्ष अरुण डियोले जानकारी दिनुभयो । महोत्सव मानवअधिकार फिल्म सेन्टरको आयोजना र युएनडिपीको सहआयोजनामा सुरु हुन लागेको हो ।