नेपाली समाज टेक्सस लगायतका संस्थाद्धारा राजमणि चौधरीका परिवारलाई झण्डै ११ हजार डलर आर्थिक सहयोग

मष्तिष्कघातका कारण एक महिना अघि निधन भएका नेपाली समाज टेक्ससका सामाजीक कार्यकर्ता राजमणि चौधरीका परिवारलाई आर्थिक सहयोग गरिएको छ । परिवारको सहयोगका लागि खोलिएको गो–फण्डबाट संकलित तथा मधेशी समाज र नेपाली जनसम्पर्क समितिको तर्फबाट संकलित करिव ११ हजार डलर राजमणिकी पत्नीलाई हस्तान्तरण गरिएको हो ।

नेपाली समाज टेक्ससको पहलमा खोलिएको गो–फण्ड खातामा संकलन भएको रकम मध्य दाहसंस्कारमा भएको खर्च, गो–फण्डको कमिसन कटाएर बचेको सातहजार ५ सय ८५ डलर नेपाली समाज टक्ससका पूर्व सभापति गौरी जोशीले परिवारलाई हस्तान्तर गर्नु भएको थियोे । नेपाली मन्दिरमा आयोजित कार्यक्रममा जनसम्पर्क समिति वेस्ट टेक्ससको पहलमा संकलन भएको एकहजार तीनसय ५५ डलर र समितिका सभापति हरिबोल भण्डारी चौधरीका परिवारलाई हस्तान्तरण गर्नु भयो भने मधेसी एशोसियशन ईन अमेरिकाको तर्फबाट सुनील शाहले एकहजार आठसय ३५ डलर को चेक हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित नेपाली समुदायका अगुवाहरुले चौधरीका छोराहरुको शिक्षा तथा पत्नीको रोजगारीका लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृृष्ण लामिछाने,समाजसेबी डा. मुरली अधिकारी, नेपाली मन्दिरका अध्यक्ष रमेश पोख्रेल लगायतले चौधरीको समाजिक योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

Source: http://usandnepal.com/2017/03/60548#sthash.g1HKHSzc.dpuf