निर्माण पश्चात विद्यालयको भवन हस्तान्तरण

लहरेपौवा, रसुवा

जागृति वाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिल्लोतम पौडेल कार्यक्रममा सम्बोधन गर्दै l

भूकम्पले पूर्ण रूपमा क्षेति पुर्याएको श्री शिवालय निम्न माध्यमिक विधालय, लहरेपौवा, रसुवाको भवन पुननिर्माण कार्य सम्मपन्न भइ सो भवन २०७३ चैत्र १गते विद्यालयलाई नैहस्तान्तरण गरिएको छ । इण्डिगो चिल्ड्रेन्स फन्ड यु.के र जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा उक्त विद्यालयको निर्माण सम्पन्न भएको हो ।

२०७३ बैशाखबाट निर्मण कार्य प्रारम्भ भएको र निरन्तरको अथक प्रयास पछि २०७३ चैत्र १ गते उक्त भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको हो । विद्यालयको ४ कोठे भवनकोकुल लागत रू.४१,८७,५०० रहेको छ ।
उक्त भवनको सँचो रसुवाका जिल्ला शिक्षा अधिकारी श्री सुकदेव सापकोटाज्यूको प्रमुख आतिथ्ता र जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष अध्यक्ष तिल्लोतम पौडेलको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापक लाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष श्री कृष्ण सुवेदीले रू ५०,००० को छात्राविर्ती कोषको घोषणा गर्नू भएको छ । यस बिद्यालयको इतिहासमा पहिलो पटक छात्राविर्ती कोष स्थापना भएकोले यसको प्रशंसा भएको छ । यस विद्यालयबाट प्रत्यक्ष रुपमा १०० बलबालिका लाभान्वित हुने जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष अध्यक्ष तिल्लोतम पौडेलले जानकारी दिनुभयो ।