दुई दिने युवा सम्मेलन कार्यक्रम मंगलबार देखि इटहरीमा शुभारम्भ

इटहरी÷ ग्रिनपीस नमुना कलेजको स्नातक तहको सामाजिक कार्य शिक्षा सङ्कायले इटहरीमा दुई दिने युवा सम्मेलन कार्यक्रम मंगलबार देखि इटहरीमा शुभारम्भ गरेको छ । युवा सम्मेलन समारोहमा सामाजिक अभियन्ता डा. महावीर पुनले देश निर्माणका लािग ठूलो परिमाणमा धनराशी आवश्यक पर्ने कुरालाई राज्यले विर्सन नहुने कुरामा जोड दिनुहुँदै त्यसका लागि सिर्जनशील युवा जनशक्ति अपरिहार्य हुन्छ भन्ने विषयलाई पनि कसैले भुल्न नहुने कुरा तर्फ सवैको ध्यानाकर्षण गराउनुभएको छ ।
म्यागासेसे पुरस्कार विजेता डा. महावीर पुनले आफुले २५ बर्षसम्म सामाजिक सेवामा आफुलाइ समर्पित गराई क्रियाशील रहँदै आएको तथा त्यस अवधिमा राज्यले आफुले गरेको त्यागका विषयमा चासो नराखेको गुनासो सुनाउँनुहुँदै राज्य र जनताप्रति बफादार सरकार जिम्मेवार हुन नसकेको अवस्थामा युवाहरु आफै जुर्मुराएर उठ्न जरुरी रहेको पनि स्मरण गराउनुभएको छ ।
केशव खड्काको अध्यक्षतामा शुरु भएको युवा सम्मेलनमा नेपाली काङ्ग्रेस सुनसरी सभापति राजिव कोईराला इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल एमाले उपमहानगर अध्यक्ष रेवती घिमिरे प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदी लगायलते बोल्नुभएको थियो ।युवा सम्मेलनमा ग्रिनपीस नमुना कलेज तथा यस आसपासका कलेजहरुमा अध्ययनरत ७ सय बढि युवाहरुको सम्मेलनमा सहभागिता रहेको थियो ।