कर्णालीको बिकास: राष्ट्रिय बिकास र पहिचान

राधा पौडेल, जुम्ला

अत्यन्तै खुसी छु किनकी, कर्ण्ाालीको विकासका लागि सदनदेखी सडक, बुढाबुढीदेखी बालक सबैले कुरा गर्न थालेका अर्थात् चिन्तित देखिएका छन् । फेरि त्यति नै दुखी छु, किनकी उहाँहरूको भनाई र लेखाईमा विगत १५ वर्षेखी लगातार यही सुनिरहेछु कि कर्ण्ाालीको मान्छे सुन भएर पनि नुन खान नपाएर मरेका छन, सरकारले हेला गर्यो, सौतेनी व्यवहार गर्यो । अनि केही विज्ञहरूको भनाई चाही संरचना भएन, बाटो भएन, ऐतिहासिक भूमी, प्राकृतिक सम्पदाको धनी आदि ।
Women with Disability in Jumla, a district of  Karnali

कुरोको चुरो चाँही कर्ण्ाालीको विकास प्रति भएको गरीब मानसिकताअर्थात् नकारात्मक सोच अर्थात् सहानुभूती प्रदत्त भनाइ हो । जसले जनताको भावना आकषिर्त गर्न सकियोस् र राजनैतीक वा शक्तिका दृष्टिकोणले प्रभावशाली बन्न सकियोस् ।

वास्तवमा कर्ण्ाालीको विकासलाई राष्ट्रिय विकास र पहिचानसँग विष्लेषण र योजना बन्नर्ुपर्दछ, तब मात्र वास्तविक रूपान्तरण, शान्ति र समृद्धी सम्भव छ । आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा इम्रि्रेशनको फाराम भर्न नजान्नेको भीड धेरै छ र करिब १५ सय युवाहरु प्रतिदिन देशबाट बाहिरिन्छन, मात्र अरूको नोकर बन्न । जसरी आधा शताब्दी पहिले भारत जाने परम्परा थियो । विदेशको हावापानी, प्रविधीबाट वितृष्णा मात्रै होइन पारिवारिक बिचल्ली र छटपटिनेहरूको संख्या पनि डरलाग्दो छ । वैधानिक बाटो प्रयोग गर्नेहरूको हिसाब गर्ने हो भने पनि एक दिनमा ७ वटा लासका बाकस नेपाल भित्रिन्छिन् । यी सबै किन भइरहेको छ र किनभने देशमा रोजगार छैन्ा ।

विदेशमा गरिने भेडा, घोडा, उँट, खेतिपातीको कामबाट लाएर, खाएर राम्रो शाहु परेछ भने नेपाली १० हजार बचाउने हो प्रति महिाना । तर देशमा ठूलाठुला कलकारखाना खुलाउन नसकेपनि कच्चा पदार्थ वा परम्परागत रुपमा गरिएको भौतिक जमिन बिरानो बन्दै गएको छ ।
The natural resources and geography from Jumla, a district of Karnali
कर्ण्ाालीको प्राकृतिक स्रोत र सम्पदाको संरक्षण र पर््रवर्द्धन गर्दै बिरानो बन्दै गएका फाँट र लेकहरूमा स्याऊ, ओखर, अंगुर, आरूबखडा, जौ, गहुँ मकै, आलु आदि मात्रै फलाएर प्रयोग गर्न सकेपनि विदेश धेरैलाई जानु पर्दैन । सयमा सय रोक्न न हुन्छ न सकिन्छ । नेपालगञ्जको विमानस्थलको गेटमा भारत र चीनका स्याऊ बेचिन्छन् । तर, कर्ण्ाालीका स्याऊँलाई कसरी प्रयोग गर्ने, व्यवस्थापन गर्ने भन्ने विकल्प आजसम्म खोजिएको छैन् । कर्ण्ााली नेपालको १५ प्रतिशत भूभाग ओगटेको क्षेत्र हो, जहाँ बाध्यताबश विदेश जान तयार भएका नेपाली युवाहरूलाई च्यानलाइन्ज्ड गर्न सकेमा लेक भरी भरिलो मात्रै नभई नेपालकै विकास हुन सक्छ ।

कर्ण्ाालीमा फलफूलको मात्रै सम्भावना नभएर जडिबुटीको पनि सम्भावना छ । आजका दिनमा पनि कुन जडिबुटी राम्रो र कुन नराम्रो भन्ने कतिलाई थाहा छैन् भने कति जडिबुटी सोझै चीन वा भारत पुग्छन, जहाँ किसानले साच्चिकै पाउने रकम पाइरहेका छैनन् । कर्ण्ाालीमा आजको दिनमा कालिकोट, जुम्ला, मर्ुर्गु नराम्रै भएपनि मोटर बाटोले छोएको छ । जुम्लाको कुरा गर्ने हो भने त बाटो नपुगेको गाँऊ नै छैन । तर, मोटर पनि गुडेको कहि छैन् । गाऊँ र खाद्यसंस्थानमा विगत ३-४ वर्षेखी गहुँ, जौ बिक्री भएको छैन् । त्यसैले गहु्ँ, जौ लगाउने अभ्यास पनि कम हुँदै गएको छ । तर, भारतको केरेलामा जौबाट गुणस्तरहिन सवोत्तम पिठो कर्ण्ाालीका गाउँगाउँमा करोडौ पैसा खर्च गरेर पुग्छन् । यहाँनेर सवोत्तम पिठोलाई गुणस्तरहिन भन्नुको तार्त्पर्य के हो भने न ती पिठोको प्याकेटमा न मिति लेखिएको हुन्छ न समयमा पुग्छन्, न बच्चाले खान्छन् – खान्छन् त गाईँ भैसीले खान्छन । किनभने जनतालाई यसप्रति विश्वास नै छैन् । तर, दर्ुभाग्यनै भन्नु पर्छ गाँऊगाऊँका ६० देखी ८० प्रतिशत बच्चा र वयस्क दुवै कुपोषणबाट ग्रसित छन् ।

खाद्यान्नकै कुरा गर्दा मोटर गुड्ने सडक होस् या जहाजले चामल बोक्ने कुरा होस, मोटर र जहाज भरी भरी कर्ण्ााली, पुग्छन् तर, रित्तै रित्तै फर्किन्छन् । यर्सअर्थमा अर्थतन्त्रमा पर्ने प्रभाव कसले विश्लेषण गर्ने हो ।

पर्ूवाञ्चल, मध्यमाञ्चललगायतका युवाहरूलाई कर्ण्ााली लैजाने कुरा गर्दा अर्थात् उनीहरुलाई विदेशको सट्टा कम्तिमा १० हजार बच्ने किसिमको रोजगार दिनुभन्दा आर्श्चर्य लाग्गा तर, यो कुनै आर्श्चर्य मान्नु पर्ने कुरा होइन । किनभने कर्ण्ाालीमा सरकारले सबै कुरा प्रदान गरेको छ तर गुणस्तरिय छैन् । उदाहरणको लागि विद्यालय छ, शिक्षक, गुणस्तरीय पठनपाठन र विर्द्यार्थी हुँदैनन् । स्वास्थ्य चौकी छ तर अनमी, अहेब छैनन् । अचम्मको कुरा त दरबन्दीमा सबै छन् आजभोली तर, सेवा छैन् । महिनाको दर्ुइ दिन अर्थात् दर्ुइचार महिनाको बीचमा २-३ हप्ता बसेर जागिर खाने बहानै बहानाको खेती गर्ने चलन छ । अझै भन्ने हो भने त सन् २००९ पछि जब पुनसंरचना र समावेशीका कामहरु हुन थाले, प्राय सबै कार्यालयमा सके मुख्य व्यक्ति नसके दोस्रो मुख्य स्थानीय नै छन् । तर, राजनीतिक प्रभाव, हुनेखाने दगदगी आदीले गर्दा सेवा दिन धेरैजसो तयार छैनन् । त्यतिनै बेला समुदायमा जनसंख्या नै छैन् । शहरको जनसंख्या जसरीतसरी नेपालगञ्ज, काठमाडौ, भारत वा विदेश पुगिसकेका छन् भने गाउँका गरिब बस्तीमा अझै पनि जाडो मौसमका बेला भारत र्झने प्रक्रिया रोकिएको छैन् । कतिपय ठाऊँमा त युवा भेट्नै गाह्रो छ ।
यस पृष्ठभूमीमा देशका अन्य भागमा बसोबास गर्ने बेरोजगार युवालाई आफ्नो देशभित्र परिवारसहित बस्ने सुविधा दिन सकियो भने धेरै फाइदा लिन सकिन्छ । उदाहरणका लागि विदेशीएका व्यक्तिले घरपरिवारबाट विछोड हुँदा हुने चिन्ता, घरपरिवार ब्रि्रने समस्या कम हुनेथियो भने आफ्नै देशमा आफ्नै परिवारसँग सद्भाव प्रेम र सम्मानले काम गर्न पाउँदा मानवीय र आर्थीक विकासको हिसाब गर्न सकिन्न । यसका अतिरिक्त तर्राई र पहाड जोड्ने, पर्ूव पश्चिम जोड्ने अभ्यास मात्रै नभई राष्ट्रिय शान्ति र सद्भावनामा टेवा पुग्दछ । साथै सेवा दिने निकायमा खबरदारीको संख्या बढ्छ, सेवा गुणस्तरीय हुँदै जान्छ र कर्ण्ाालीका मानिसहरूले तालिम र गरिबी भन्दा सजिलोसँग सरकार र संस्कृती फर्ेन सक्दछन, जुन समाज समाज रूपान्तरणको लागि बाधक छ, उदाहरणका लागि छाउपडी ।

प्रश्न उठ्न सक्छ, कस्तो खालको रोजगार दिने त – रोजगारका थुप्रै विकल्पहरू छन् । स-साना उद्योग देखी ठूला-ठूला उद्योग खोल्न सकिन्छ । तापनी मलाई लागेको सानो उदाहरण के हो भने- स्याऊ खेती । व्यवस्थित हिसाबले जसरी भारतको हिमाञ्चलमा गरिन्छ, स्याऊ फल्न कम्तिमा ५ वर्षलाग्छ । त्यतिन्जेल स्याऊको रक्सी वा वाइन वा कुनै चीज बनाउने ठूलो फ्याक्टि्र खोल्ने । अहिले कर्ण्ााली विषेश जुम्लामा बनाइएका वा उत्पादन गरिएका कुनै पनि प्रारंगारिक फलफूल तथा जडिबुटी विदेशी बजारमा लगेर बेच्न लायक हुँदैनन् । तर दर्ुभाग्य भन्नु पर्छ, भर्खर पढेर सकेका वा लोकसेवा पास गरेका वा जागिर नपाएर अनुभवका लागि गएर वा प्रमोसनका लागी जाने अधिकांश सरकारी र गैरसरकारी निकायले के नै गर्न सक्छ । बाध्यता रातदिन नकारात्मक भावना र सहानुभूतीका आँखाले हेरेका कारण आजका दिनमा पनि लगानी गरिएको रकमका आधारमा कर्ण्ाालीले कोल्टो फर्ेन नसकेको हो ।
र्
अर्थशास्त्रको परिभाषा नै हर्ेने हो भने पनि कर्ण्ाालीलाई पैसा भन्दा पनि क्षमता अभिबृद्धी गराउनु मुख्य चुनौति र आवश्यकता हो । ज्यालामा कोही गएपनि दिनको ६ सय रूपैयाँ र रक्सी खान त पाइन्छ नै तर यसलाई कसरी प्रयोग गर्ने, मानवीय आवश्यकता के हो रु भन्ने नै पुगेको छैन् । खुल्ला दिशामुक्त गरिएको गाउको स्वास्थ्य चौकीमा चर्पी छैन, कक्षा ८ मा महिनाबारी शारीरिक प्रक्रिया हो भनेर पठाउने शिक्षक आफ्नै छोरी र श्रीमतीलाई गाई गोठमा राख्छन् । यस्ता अवस्थामा फरक दृष्टिकोण वा फरक रणनीति लागू नगर्ने हो भने कर्ण्ाालीको विकास सम्भव छैन् र नेपालको मानवीय विकास र अर्थतन्त्र पनि अपूरो रहन्छ ।

Our Futures and Hope
शहरी र ग्रामिण विकासलाई सँगसँगै लैजान नेपाल सरकार, योजना आयोग, दातृनिकाय, जस्तै, संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, कर्ण्र्ााीका गैरसरकारी संस्थाहरूले कम्तिमा पनि १५ वर्षो एकीकृत योजना तर्जुमा गरेर गयो भने कर्ण्ाालीको विकास सम्भव छ । आजका दिनसम्म गरिएको लगानी जुन जिविसको तथ्यांकमात्रै हर्ेने हो भने कर्ण्ाालीको भर्खरै जन्मिएको एक जनाको भागमा ३५ हजार पर्छ । अन्य माध्यमबाट गएको रकम हिसाब गर्ने हो भने त तर्राईको मान्छेको भन्दा कता हो कता धेरै आउँछ । आजसम्म गरिएको लगानी केही व्यक्ति र संस्था बाहेक सबै वालुबामा पानी खन्याएको जस्तो भएको छ । धेरै जसो च्यारिटी मोडेलमा काम गरेका छन् । च्यारिटी वाधभािबचभ बउउचयबअज आवश्यक छ तर, कर्ण्ाालीको रूपान्तरण गर्न सक्दैनन, अर्थात नेपालको पहिचान परिवर्तन असम्भव छ । अब काम गर्ने बेला आएको छ न कि गफ मात्रै । सबै कुराको समय हुन्छ, अब गफको पनि समय सकिएको छ ।

Radha
राधा पौडेल, जुम्ला