अमेरिकामा नेपाली श्रमिकको चुनौतीः एक गहन समीक्षा

सानुबाबु सिलवाल:

संयुक्त राज्य अमेरिकामा ‘श्रमको सम्मान’लाई एउटा सुन्दर पक्षको रुपमा लिइन्छ । यहाँ जस्तोसुकै सानो वा जतिसुकै ठूलो र राम्रो काम गरे पनि उत्तिकै सम्मानजनक रुपमा हेरिन्छ । र, पनि उत्तिकै समान गरिन्छ । यहाँ फलानोले यस्तो काम गर्छ र फलानोले उस्तो गर्छ भनेर दुरदुर पनि गरिन्न । अमेरिकामा गैरकानुनी कामबाहेक रोजीरोटीका लागि गरिने सबै प्रकारका श्रमको मूल्य र त्यसप्रतिको सम्मानलाई हेर्ने दृष्टिकोण हामी र नेपालको सन्दर्भमा एउटा महत्वपूर्ण पाठ हुनसक्छ ।

जुनसुकै माध्यमबाट अमेरिका आए पनि यहाँ आइसकेपछि जीवनको सुरुवातले अर्कै मोड लिन्छ । अमेरिकामासंसारको अधिकांश मुलुकका मानिस अटाएका छन् । स्थायी बसोबासका लागि कसरी कानुनी हैसियत प्राप्तगर्न सकिन्छ र त्यसका लागि आवश्यक सहयोग र परामर्श प्राप्त गर्नु अमेरिका प्रवेशपछिको सबैभन्दाचुनौतीको विषय बन्ने गरेको छ । विद्युतीय चिठ्ठामार्फत आएकाबाहेक अन्य सबैले अन्ततोगत्वा कानुनीहैसियत प्राप्त गर्न यी चुनौती सामना गर्नैपर्छ । कानुनी हैसियतका लगि आवश्यक काम सँगसँगै रोजीरोटीकालागि काम खोज्नुपर्ने र उपयुक्त बसाइको व्यवस्था अर्को चुनौतीका रुपमा आइलाग्छ । यहाँ परिवार सँगैभएका र परिवार ल्याउन बाँकी रहेकाहरुले भिन्ना–भिन्नै चुनौतीको सामना त गर्नुपर्छ नै । सुरुवातका दिनमानौलो ठाउँ, स्थानीय भाषा र रहन–सहन, यातायातको व्यवस्थापन तथा आफ्नो औकात र खोजेजस्तो कामनपाउनु पनि एउटा समस्याकै रुपमा रहने गरेको छ । यहाँ प्राप्त हुनसक्ने विभिन्न अवसरहरुका बारेमा जान्नर बुझ्न नै केही समय लाग्दछ । नयाँ मानिसका लागि आँट, बल र क्षमता बढाउन तथा यहाँको जीवनशैली बुझ्नचुनौतीपूर्ण नै हुन्छ । चिनेका आफन्त, साथीभाइ तथा समाजसेवाका लागि खुलेका विभिन्न नेपालीसंघसंस्थाहरु मार्फत् कामको खोजी गर्ने, बसोबासको व्यवस्था गर्ने र कानुनी हैसियत प्राप्त गर्न थुप्रै हण्डरखानैपर्छ । वास्तवमा हामी नेपालीलाई वास्तविक संघर्षको अनुभव बल्ल त्यसबेला थाहा हुन्छ ।

त्यसो त आफू चलाख र बाठो भएमा तथा आफन्त र सहयोगीहरु भएमा त्यति गाह्रो पनि छैन । अन्यथा उल्लेखित कुराहरु प्राप्त गर्न सहज भने छैन । परिवार र बालबच्चा नेपालमा अनि आफू नयाँ ठाउँ र नयाँ परिवेशमा एकैसाथ थुप्रै चुनौतीको सामना गर्नुपर्दा कतिपय मानिस हतोत्साही हुने र आफ्नो सन्तुलन नै गुमाउने गरेको यथार्थता पनि प्रशस्तै भेटिएका छन् । कानुनी कागजात नभएकाले त न्यूनतम ज्यालासमेत पाउँदैनन् । नगदमा काम गर्नेको त कथा नै दुःखद् छ यहाँ ।

मैले यस लेखमा यहाँ मुख्यरुपमा अमेरिकामा नेपालीहरुको श्रम र उनीहरुको अवस्थालाई उल्लेख गर्न खोजेको हुँ । नेपालीहरुले अमेरिका प्रवेशपछि केही अपवादबाहेक आफूले नेपालमा गर्दै आएको काम र पेशालाई निरन्तरता दिन सक्ने अवस्था हुन्न । अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, टेक्सास, भर्जिनिया, जर्जिया, मेरिल्यान्डजस्ता अधिकांश राज्यहरुमा घरभाडा, खाद्यान्न तथा अन्य अत्यावश्यकीय घरायसी वस्तुहरु महंगो हुनुका साथै पानी, बत्ती र टेलिफोनका लागि खर्च बढी लाग्ने देखिन्छ । श्रमबिना न भाडा तिर्न सकिन्छ । न त खाद्यान्नलगायतका वस्तुहरुको शुल्क बुझाउन नै । त्यसैले आखिर श्रम त गर्नैपर्छ । थोरै समयका लागि आफन्तको आड भरोसामा बसे पनि कसैबाट पनि कुनै पनि कुराको पूर्ण अपेक्षा, सरसापट वा सहुलियत प्राप्त गर्न गाह्रै पर्छ ।

जसले जे सुकै भने पनि यथार्थमा यो मुलुकलाई बसाइका लगि चयन गर्नु आर्थिक समृद्धि र स्वतन्त्रताकालागि नै हो । त्यसैले कानुनी कागजातबिना वा कागजात भइसकेपछि पनि अधिकांश नेपालीहरुले भारतीय,पाकिस्तानी तथा अन्य एसियालीमूलका मानिसको व्यवसायमा श्रम गर्ने गरेका छन् । चिनजान नहुनु,सम्बन्धित क्षेत्रको ज्ञानको अभाव, भाषाको समस्या तथा प्रवासी भएका कारण यदाकदा शोषण र विभेद पनिनहुने होइन । कानुनी कागजात नभएकै कारण खासगरी भारतीय तथा पाकिस्तानी व्यवसायीहरुलेनेपालीहरुको श्रम शोषण गर्ने गरेका छन् । कानुनी कागजात भए पनि स्वास्थ्य बीमा, जीवन बीमा र अन्यभैपरी आउने श्रम सुविधा नदिने तथा न्यूनतम ज्याला अनि असुरक्षित काम र क्षेत्र नेपालीहरुका लागि अर्कोविडम्बना हो ।

मुख्यतः प्रविधि तथा अन्य राम्रा क्षेत्रहरुमा रोजगारीको अवसर भए पनि अधिकांश नेपालीहरुको श्रम साना व्यवसायको क्षेत्रमै खर्च भइरहेको छ । केही नेपालीहरुले विद्यालय तथा विश्वविद्यालयमा अध्यापनका साथै प्रविधि, कानुनी, चिकित्सा तथा सरकारी क्षेत्रमा पनि श्रम गरिरहेका छन् । तर, अधिकांश नेपालीहरु ग्यास स्टेसन, रेस्टुरेन्ट, श्रृंगार, नेल, ग्रोसरी पसल, निर्माण, सेक्युरिटी, ट्याक्सी ड्राइभर तथा होटेल–मोटेलहरुमा श्रम गर्ने गरेका छन् । यसबाटै रोजीरोटी चल्नुका साथै केही बचत हुने गरेको छ । र, आफ्ना नातागोता र साथीभाइलाई आर्थिक सहयोग पनि गर्ने गरेका छन् । यसका साथै बेलाबखत हुने सार्वजनिक काम, भैपरी आउने घटना–दुर्घटनामा सहयोग भइरहेको छ । तर, यहाँ उपचार खर्च अत्यन्तै महंगो भएकाले धान्न सकिन्न । यसका लागि स्वास्थ्य बीमा नहुनु, नेपाली श्रमिकहरुको मुख्य चुनौतीको विषय बनेको छ । कानुनी कागजात भएकालाई यदि आम्दानी कम छ भने राज्यले मेडिकल मेडिकेयरमार्फत् सहयोग त गर्छ । तर, विशेष अवस्थामा धेरै नेपालीहरु यसबाट वञ्चित छन् । त्यसैले कानुनी हैसियतबिनाको बसाइ त झनै अप्ठ्यारो छ ।

अमेरिकामा अर्को राम्रो पक्ष भनेको कुनै पनि गम्भीर वा दीर्घरोगको उपचारकालागि सुरुमै आफूसँग पैसा हुनैपर्छभन्ने छैन । पहिले उपचार, त्यसपछि मात्र भुक्तानी । यो सबैभन्दा राम्रो पक्ष हो । उपचारपछि पनि भुक्तानीकालागि आफूसँग तत्कालै पैसा नभएमा धार्मिक चर्च तथा अन्य सामाजिक संघसंस्थाहरुले पनि बेहोर्दिने गरेकाछन् । यदि त्यसो नभएमा पनि आफ्नो औकातअनुसार कमाउँदै तिर्दै जान सकिन्छ । अमेरिकामा जीवन बीमाखासै महंगो नभए पनि स्वास्थ्य बीमा महंगो छ ।

अर्को विडम्बना के छ भने हालसम्म पनि अमेरिकामा कति नेपाली छन्, उनीहरु कुन कुन अवस्थामा बसेका छन् ? श्रमको अवस्था र भोग्नु परिरहेको समस्या र चुनौती के कस्ता छन् ? तथा अमेरिकी समाज अनि सिंगो अमेरिकाको अर्थव्यवस्थामा नेपालीहरुले गरेको योगदान के कस्तो छ भन्ने अहिलेसम्म मूल्यांकन हुन सकिरहेको छैन । सैयौंको संख्यामा नेपाली संघसंस्थाहरु छन् । उनीहरुका साथै स्वयं नेपाली दूतावासको यसतर्फ गहन चासो पुग्न सकिरहेको छैन । त्यसैले नेपाली श्रमिकहरुको स्वास्थ्य अवस्था, उनीहरुको कानुनी हैसियत, उनीहरुले तिरेको कर, सामाजिक तथा आर्थिक क्षेत्रमा गरेको योगदान र लगानीलाई साँच्चै नै अंक गरिणतमा उतार्नका लागि थप गृहकार्य र गतिविधिको आवश्यकता टडकारो देखिएको छ । श्रम नीति, उनीहरुको अधिकार र भविष्यलाई वकालत गर्ने र भविष्यमा नेपाली श्रमिकको अधिकार सुरक्षित गर्न अमेरिकी नीति, राजनीतिक प्रणाली र पहुँचतर्फ हाम्रो सजगता, सतर्कता र गहन विश्लेषणको पनि उत्तिकै खाँचो छ ।

अमेरिकामा सरकारकारीदेखि निजी तहको व्यवसायसमेतमा ‘हायर एण्ड फायर’ को सिद्धान्त र नीति रहेको छ। श्रमिकबाट गुणात्मक सेवा लिने र त्यस प्रकारको सेवा प्राप्त गर्न नसके वा श्रमिकले नैतिक रुपमा हैसियतगुमाएमा जतिबेला पनि निकालिनुपर्ने हुन्छ । र, जतिखेर श्रमिकको आवश्यकता हुन्छ, त्यतिखेर नियुक्त गर्नेपक्षलाई राम्रो रुपमा लिन सकिन्छ । त्यसैगरी काम गरेको ठाउँमा आफूलाई इच्छा नलागेमा जतिबेला पनिसेवाबाट बिदा लिन सक्ने प्रावधान श्रमिकका लागि अर्को सुन्दर पक्ष हो । तर, ‘हायर एण्ड फायर’ का कारणकामबाट निकालिनु पर्दा अर्को काम नपाउँदासम्मको क्षति, उसले पुनरावलोकन गर्न पाउनुपर्ने नियम, क्षमादानवा निकालिँदा उसले प्राप्त गर्नुपर्ने ज्याला वा अन्य सुविधाहरु गुमिरहेको अवस्था विद्यमान छ । यस्तोपरिस्थितिको सामना गर्नु परिरहेकाले थुप्रै नेपालीहरुले दुःख पाइरहेका पनि छन् ।
व्यापार–व्यवसायको प्रगति र सफलता भनेकै श्रमिक र उनीहरुको लगाव हो । यसले व्यवसायमा दीर्घकालीन प्रभाव पार्न सक्छ । फायर हुँदा श्रमिकले भोग्नुपर्ने मानसिक क्षतिको मूल्ययांकन नहुनु यहाँको अर्को दुःखद पक्ष हो । यसतर्फ नेपाली समुदाय र संघसंस्थाको ध्यान केन्द्रित हुन जरुरी छ ।

अमेरिकामा कमाएको पैसा कानुनी रुपमा देखाउनै पर्छ । वर्षभरिको आम्दानी र खर्चको लेखाजोखा गरी वर्षको अन्तिम वा अर्को वर्षको सुरुमै सरकारसमक्ष कर दर्ता गर्नुपर्ने हुन्छ । आर्थिक रुपमा खान, लगाउन र बस्न आवश्यक पर्ने श्रोत साधनका लागि कमाएको रकमले नपुग्ने देखिएमा वर्षभरि नै तिरेको करवापतको रकम फिर्ता पाइन्छ । यतिमात्र होइन, परिवारको संख्या हेरेर सरकारबाट ‘फूड स्टाम्प’, ग्रोसरी, मेडिकेयर तथा बेरोजगार भत्ता पनि प्राप्त हुन सक्छ । यसबाट कानुनी हैसियत भएका र न्यून आर्थिक स्थिति भएका नेपाली श्रमिकले पनि लाभ लिन सक्दछन् । तर, सरकारलाई आफ्नो आम्दानी र खर्च पारदर्शी रुपमा देखाउनै पर्ने हुन्छ । अधिकांश साना व्यवसायमा काम गर्ने श्रमिकहरु जस्तैः रेस्टुरेन्ट, ट्याक्सी ड्राइभर, नेल आदिमा आफ्नो काम फत्ते गरिसकेपछि उपभोक्तालाई खुसी बनाउँदा वा नहुँदा दुबै अवस्थामा राम्रै ‘टिप्स’ पाइन्छ । यसबाट पनि अधिकांश नेपाली श्रमिकको आर्थिक पक्षमा ठूलो सघाउ पुगेको देखिन्छ ।

यहाँ श्रम र व्यवसायको क्षेत्रमा राजनीति हुँदैन । नेपालमा जस्तो नारा जुलुस, हडताल, बन्द वा व्यवधान पनि हुँदैन नै । आफ्नो अधिकार स्वतन्त्रपूर्वक प्रयोग गर्न पाइन्छ । अमेरिकामा श्रमिकहरुको वर्कर युनियन छ । राजनीतिक, आर्थिक तथा सांगठानिक हिसावले यो अत्यन्तै ठूलो संस्था हो । यसले आफेनो अधिकार र श्रमिकहरुको हकलाई सुरक्षित गर्न राजनीतिक तहमा व्यापकरुपमा वकालत गर्दछ । तर, शान्तिपूर्ण रुपमा । राष्ट्रपतीय तथा संघीय चुनावहरुमा यसको प्रभाव ब्यापक हुन्छ । त्यसबाहेक न्यूयोर्कलगायतका ठूला सहरहरुमा रेलवाहक यातायातको क्षेत्रमा श्रमिकहरुको अर्को ठूलो संस्था रहेको छ ।

त्यसैले यहाँका कतिपय राम्रा र सकारात्मक पक्षलाई अवलम्बन गर्न सकेमा अमेरिकामा रहेका नेपालीश्रमिकहरुबाट नेपालले थुप्रै पक्षमा लाभ लिन सक्दछ । यसका लागि सामुहिक प्रतिवद्धताको खाँचो पर्दछ ।सफलताका पक्ष, प्राविधिक र शिक्षाका पक्ष तथा सुशासनका राम्रा पक्षहरुलाई टपक्कै टिपेर नेपालमा अवलम्बनगर्न सकिन्छ । श्रमिकले जानेका प्राविधिक ज्ञान, सीप र क्षमतालाई नेपाल सरकारले भरमग्दूर रुपमा प्रयोगगर्नका लागि आवश्यक नीति, नियम र अवसरको मार्गलाई खुला र पारदर्शी बनाउन सक्नु पर्छ । त्यसो भएमायहाँका नेपाली श्रमिकहरुको ध्यान आकृष्ट गर्न सकिन्छ । सरकारी श्रोत साधनको उपयोग गरे पनि कमाएपछितिर्नुपर्ने उत्तरदायी भावना तथा यहाँको शिक्षा र शैलीलाई अवलम्बन गर्न सक्ने हो भनेमात्र पनि नेपालमाअवश्य केही परिवर्तन ल्याउन सकिन्छ ।
Colorado Khabar-Sanu Babu Silwal
लेखक बरिष्ठ वातावरण पत्रकार, अमेरिका नेपाल व्यवसायी संघका बरिष्ठ केन्द्रीय उपसभापति र अमेरिकनचेम्बर अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य हुनुहुन्छ ।

Source: http://coloradokhabar.com/news/flash/15.html#sthash.tUqPeewv.dpuf